उपचारपछि स्वदेश फर्किए एकीकृत समाजवादीका वरिष्ठ नेता खनाल 

सोमबार, भदौ १४, २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले रुपान्तरित गर्नुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीमा स्वास्थ्योपचारपछि आज स्वदेश फर्कनुभएका पूर्वप्रधानमन्त्री खनालले एमालेमा आफूहरूले रगत र पसिना बगाएको भए पनि पछिल्लो समयमा नेतृत्वले त्यसको सम्मान नगरेको आरोप लगाए । उनले अब आफू पार्टीमा कार्यकारी भूमिका नरही देश र जनताको सेवामा सक्दो सहयोग गर्ने जनाए । सत्तरी वर्ष उमेरपछि पार्टीको कुनै पनि कार्यकारी भूमिकामा नरहने व्यवस्थालाई विधानतः लागू गर्नुपर्ने उनको भनाइ छ । नेता खनालको आगमनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकासो पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठन गर्नुपर्ने औचित्यबारे पुस्ट्याइँ दिएका थिए । निर्वाचन आयोगले यही भदौ ९ गते उक्त समाजवादी दललाई मान्यता दिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार