डुङ्गा दुर्घटनामा परी पेरुमा २० को मृत्यु, कैयौँ बेपत्ता

सोमबार, भदौ १४, २०७८

पेरु । पेरुमा भएको डुङ्गा दुर्घटनामा परी २० भन्दा बढीको मृत्यु भएको छ । घटनामा परी अरु ५० भन्दा बढी यात्रु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।   अमेजन क्षेत्रको हुल्लाग नदिमा डुङ्गा दुर्घटना भएको आरपीपी रेडियोले समाचार प्रसारण गरेको छ ।  बाक्लो कुहिरोका कारण चालकलाई गन्तव्य पहिचान गर्न समस्या भएपछि डुङ्गा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।  दुर्घटना भएका बेला विमानमा झण्डै ८० यात्रु रहेको अनुमान गरिएको छ ।  ‘पर्याप्त उज्यालो नभएकाले चालकलाई डुङ्गा संचालन गर्न समस्या भएर डुङ्गा दुर्घटना भएको हो’, दुर्घटनामा परी बाँचेका एक व्यक्तिले भने ।  बेपत्ता भएका यात्रुहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको र खोजी कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने खोजी कार्यमा खटिएकाहरुले बताएका छन् ।– रासस/एएनआई

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, भदौ १४, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, भदौ १४, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, भदौ १४, २०७८