विमानस्थलबाट गोली बरामद 

मंगलबार, पुस २१, २०७७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । विमानस्थलको आन्तरिक उडानतर्फको क्षेत्रबाट लुगर ९ एमएम लेखिएको ५० राउण्ड गोलीसहित झापा मेचीनगर नगरपालिका–२ का २० वर्षीय बद्रि हाङ् राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी श्री एयरलाइन्सको उडानबाट झापाको भद्रपुर जान लागेका बेला विमानस्थलस्थित आन्तरिक उडानतर्फको एक्सरे यन्त्रबाट जाँच गर्ने क्रममा गोली भेटिएको थियो । झोलाभित्र पत्रिकामा पोको पारेको अवस्थामा गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  ०५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार