ललितपुर महानगर प्रमुखले गरे यस्तो अनुरोध, ‘केही दिन घरको फोहोर घरमै व्यवस्थापन गरिदिनुस्’

शनिबार, भदौ १२, २०७८

ललितपुर : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरवासीलाई केही दिनका लागि आफ्नो घर कम्पाण्डमा उत्पन्न हुने फोहोरलाई घर-कम्पाउण्डमा नै व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।  महानगरभित्रले अस्थायी रुपमा फोहोर जम्मा गर्दै आएको स्थल भरिएकाले केही दिनका लागि घरको फोहोर कहिने र नकुहिने छुट्याएर घरमै व्यवस्थापन गर्न उनले अनुरोध गरेका हुन् ।केही दिनदेखि परेको अविरल वर्षाका कारण महानगरको फोहोर विर्सजन स्थल ( ल्याण्ड फिल्ड साइट) पुग्ने सडक अबरुद्ध भएकाले महानगरको अस्थायी स्थलमा नै फोहोर जम्मा गरिएको थियो । उनले भने, फोहोरको व्यवस्थापना गर्न महानगरले प्रयास गरिरहेको छ , समस्या समाधानका लागि केही समय लाग्छ, त्यसैले कुहिने र नकुहिने गरी छुट्याएर घरमै व्यवस्थापन गरिदिनु हुनु अनरोध गर्छु । ’


 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार