भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा

बिहीबार, भदौ १०, २०७८

काठमाडौँ । सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार