सोसल मिडिया
Contact Us
युनिकोड
वार्सा । पोल्याण्डको राजधानी वार्सामा रहेको एउटा अस्पतालमा आन्दोलनकारीले आगजनी गरेका छन् । चर्चित व्यक्ति तथा राजनीतिज्ञहरूलाई खोप लगाउन प्राथमिकता दिइएको भन्दै रुष्ट नागरिकले अस्पतालमा आगजनी गरेका हुन् । युरोपेली मुलुक पोल्याण्डमा गत डिसेम्बर २७ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । खोपका लागि स्वास्थ्य सेवाका सक्रियलाई पहिलो प्राथमिकता दिने निर्णय सरकारले गरेको थियो । तर वार्सा मेडिकल युनिभर्सिटीले भने अरु केही चर्चित व्यक्तिहरूलाई पनि लगाइदिएको थाहा पाएपछि आम नागरिक रुष्ट भएका हुन् । अहिलेसम्म ४५० जनालाई खोप लगाइएकोमा तीन सय जना स्वास्थ्य सेवाका कर्मचारीहरू रहेका छन् भने बाँकी अन्य क्षेत्रका व्यक्तिहरू रहेको जनाइएको छ । यो सूचीमा केही राजनीतिज्ञहरू समेत रहेका छन् । सरकारले पक्षपात र असन्तुलित व्यवहार गरेकोमा सत्तारुढ दलसहितका दलहरूले पनि आलोचना गरेका छन् ।– एएफपी