असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिदै : न्यायाधीश 

मंगलबार, पुस २१, २०७७

लन्डन । अमेरिकाविरुद्ध जासूसी गरेको आरोप लगाइएका विकिलिक्सका संस्थापक जुलियन असान्ज आत्महत्याको जोखिममा रहेको पाइएको भन्दै अमेरिकालाई हस्तान्तरण नगर्ने निर्णय एक बेलायती न्यायाधीशले गरेका छन् । गोप्य कागजातलाई अनलाइनमा छापेको भन्दै बेलायतमा पक्राउ परेका असान्जलाई अमेरिकाले सुपुर्दगी गर्न लण्डनलाई दवाव दिँदै आएको छ । ‘अष्ट्रेलियाली अनलाइन प्रकाशक असान्जले मानसिक जोखिम लिनसक्ने दवाव देखिएकोले मैले उनको रिहाइ गर्न आदेश दिन्छु’, जिल्ला न्यायाधीश भेनेसा बाराएत्सेरले भने । उनले भने, ‘उनलाई यदि संयुक्त राज्य अमेरिकामा हिरासतमा लिइएको खण्डमा असान्जले स्वतन्त्र रूपमा मानिसहरूलाई भेट्न पाउने सम्भावना कम रहने साथै सामाजिक अन्तक्र्रियाका लागि कम अवसर मिल्नेछ । यसले उनको बाह्य विश्वसँगको सम्पर्कलाई न्यून पारिदिनेछ र गम्भीर प्रतिबन्धको सामना गर्नु पर्नेछ ।’ चिकित्सकले मानसिक रोगी भएको पहिचान गरेका र आत्महत्याका लागि पटकपटक प्रयास गरेका व्यक्तिले शारिरिक जोखिम मोल्ने सम्भावना रहेको आदेशमा उल्लेख छ । असान्जलाई धरौटीमा रिहा गर्नुपहिले हिरासतमा राख्न भनिएको छ । यद्यपि अमेरिका र बेलायती अभियोजनकर्ताहरूले बाराएत्सेरको फैसलालाई अपील गर्न सक्नेछन् । असान्ज र उनको कानुनी टोलीले लामो समयदेखि प्रेस स्वतन्त्रताको प्रमुख कारण बनेको लामो मुद्दा राजनीतिक रूपले प्रेरित भएको दावी गर्दै आएको छ ।– एएफपी
 

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  ०४:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार