सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बुधबार दर्ता भएको नेकपा (समाजवादी)मा जानबाट माधव नेपाल निकटका नेता–कार्यकर्ता रोक्न प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गरिएको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिँएका छन् । उनलाई एमाले सचिव भीम आचार्यले रिप्लेस गरेका छन् । राई एमाले अध्यक्ष ओली निकट हुन भने अहिले मुख्यमन्त्री भएका आचार्य एमालेमा माधव नेपाल निकट नेताका रुपमा चिनिन्छन् । मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरेको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए । प्रदेशसभामा एमालेको एकल बहुमत भएको दलको नेता चयन भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । उनले बिहीबार नै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । ५२ सदस्य मध्ये माधव नेपाल पक्षमा कति सांसद जान्छन् त्यसले आचार्यको मुख्यमन्त्री पदमा बस्ने निर्धारण गर्नेछ । यसअघि बागमति प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलका ठाउँमा माधव नेपाल पक्षधरकै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो । अहिले उनलाई पनि माधव नेपाल खेमाले सहयोग नगर्ने लक्षणहरु विस्तारै देखा पर्न थालेको छ ।