दार्चुला घटनाको छानविन प्रतिवेदन आगामी साता बुझाउने तयारी

एससएबीको दादागिरी
बुधबार, भदौ ९, २०७८

काठमाडौँ । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी साता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको समितिले आगामी हप्ता भने बुझाउने गरी काम भइरहेको जनाइएको छ । समितिका संयोजक सहसचिव जनार्दन गौतमले आज पनि उक्त विषयमा समितिका सदस्यबीच छलफल जारी रहेको र केही नयाँ सन्दर्भ आउँदा जिल्लासँग छलफल र समन्वय भइरहेको जानकारी दिए । ‘हामी एक हप्तामा अनुसन्धान सकेर मन्त्रालयलाई प्रतिवेदन बुझाउने गरी अघि बढेका छौँ’, गौतमले भने । 
उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन् । गत साउन १७ गते गठित उक्त समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो । छानबिन नसकिएपछि मन्त्रालयल यही मङ्गलबारसहित तीन पटक म्याद थप गरिसकेको छ । यसअघि साउन २५ र यही भदौ १ गते पनि समितिको म्याद थप गरिएको थियो । यसअघि टोली दार्चुला पुगेर स्थलगत रुपमा घटनाको अध्ययन गरी फर्किएको थियो । सो क्रममा टोलीले राजनीतिक दल, सरकारी अधिकारी, पत्रकार, स्थानीयवासी, पीडित परिवार, जनप्रतिनिधिसँग छलफल गरेको थियो भने खोजबिनका सिलसिलामा बैतडी, कञ्चनपुरसमेत पुगेको थियो। साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका– २ स्थित तुइन तरेर भारत जाने क्रममा एसएसबीले तुइन काटी दिँदा धामी बेपत्ता भएका थिए । पीडित पक्ष तथा स्थानीयले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएका कारण खसेको दाबी गरेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार