सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ता गराएका माधवकुमार नेपालको पार्टीमा साविक एमालेका २०३ मध्ये ५४ केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत गरेका छन् । सनाखत सकिए लगत्तै निर्वाचन आयोगले आज नै दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ । माधव नेपालको दल दर्ता भएसँगै गठबन्धन दलले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आज साझ वा भोलिसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले पार्टी दर्ताका लागि नागरिकता र मतदाता पत्रहित सनाखतका लागि भौतिक रुपमा उपस्थित हुन भनेको थियो । दुई दिनदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा रहेका माधव नेपालसहितका नेताहरु आज बिहानै त्यहाँबाट टुरिस्ट बसमा चढेर पार्टी सनाखतका लागि निर्वाचन आयोग पुगेका थिए । यस्तै झलनाथ खनालले दूतावासमार्फत आफ्नो हस्ताक्षर निर्वाचन आयोगमा पठाएका थिए । प्रदीप नेपाल भने विसन्चो हुँदा पनि सनाखतका लागि केही बेरअघि नै आयोगमा पुगेका थिए । संस्थापन पक्षबाट नयाँ दल दर्ता रोक्न प्रयास भए पनि त्यो सफल भने भएन ।