शिक्षक नसुध्रिएसम्म हामी कराएर केही हुँदैन : प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद् (भिडियो) 

मंगलबार, भदौ ८, २०७८

अन्तर्वार्ताका लागि चाबहिलस्थित उनको घर पुगेकी मलाई शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालले अखण्ड धौवडेलले भनेको कुरा सुनाए । एसएलसी पास गरेका धौवडेललाई त्यत्तिबेला बाजागाजासहित थानकोट भित्र्याइएको थियो । एसएलसीबाट एसईई भएको यो परीक्षा अहिले मुद्रास्फीति भए जस्तै अंक स्फीति भएको छ ।  ग्रेड स्फ्रीति भएको छ । अझै कोरानाले १० कक्षा पास गरेका विद्यार्थीको सिकाइ उपलब्धि झनै खस्किएको प्रा.डा.कोइराला बताउँछन् । उनी भन्छन्, ‘यसलाई सपार्न सकिन्छ, यसका लागि बिज्रकोर्सको व्यवस्था गर्नुपर्छ ।’ कुराकानीको क्रममा उनले स्थानीय तहले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताए ।  संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिए पनि शिक्षामा दलीयकरण हावी भएकाले समस्या आएको उनको गुनासो छ । 
पढ्नु र सिक्नुबीच आकाश जमिनको फरक भएको बताउने विद्यानाथ कोइरालाई पढ्नु पाठ्य पुस्तकसँग र सिक्नु व्यवहारसँग सम्बन्धित भएको बताउँछन् । अबको शिक्षा व्यवहारिक र विशिष्टिकृत हुनुपर्ने उनको भनाइ छ । अब  किताबी विज्ञताले मात्रै पुग्दैन ।  विद्यार्थीले समाजमा हुने प्रत्येक कुरामा विज्ञता हासिल गर्न सक्छ । विज्ञता हासिल हुने विषय र पुस्तकलाई जोड्न शिक्षक तयार हुनुप¥यो, शिक्षकलाई त्यसरी तयार पार्नुपर्ने कोइरालाले बताए । शिक्षकलाई यसो गर्नुस् भन्ने होइन, कसो गर्दा राम्रो गर्न सकिन्छ भन्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘शिक्षक नाच्यो भने विद्यार्थी नाच्छन्, अरु सुधार त कस्मेटिक हुन् ।’ स्थानीय तह, प्रदेश र संघीय सरकार, अभिभावक त सहयोगी मात्रै भएको बताउँछन् उनी । भन्छन्, ‘शिक्षक सुध्रिए नेपालको शिक्षा यसै सुध्रिन्छ’

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार