सोसल मिडिया
Contact Us
युनिकोड
भरतपुर । भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०-४५ वर्षीय एक जना बेपत्ता भएका छन् । विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । उनले ती व्यक्ति हामफालेको स्थान नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङ तुलसिपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको जानकारी दिए ।–रासस