बेलायतमा महिला–पुरुष कर्मचारीको तलबमानमा भारी अन्तर 

एफटीएसईका १०० महिला निर्देशकले पुरुषको तुलनामा ७३% कम भुक्तानी पाउँछन् 
सोमबार, भदौ ७, २०७८

लन्डन । बेलायतको चर्चित कम्पनीका महिला निर्देशकहरूले आफ्ना पुरुष समकक्षीको तुलनामा झण्डै तीन चौथाइ भुक्तानी कम पाउने गरेको एक अध्ययनले देखाएको छ । न्यु स्ट्रीट कन्सल्टिङ ग्रुप (एनएससीजी) को अनुसन्धानअनुसार लन्डनको अनुक्रमणिकामा सूचीबद्ध कम्पनीहरूमध्ये एक महिला निर्देशकले प्रति वर्ष औसत दुई लाख ३७ हजार पाउण्ड कमाउँ छिन् ।  
यो कुरा एफटीएसई १०० व्यवसाय क्षेत्रका पुरुष निर्देशकहरूले कमाएको औसत आठ लाख ७५ हजार ९०० पाउण्डभन्दा झन्डै ७३ प्रतिशत कम छ ।  वेतन भुक्तानीको यो अन्तर बेलायतका बाँकी रोजगार बजारभन्दा पनि धेरै छ ।
बेलायतका पुरुषहरूले महिलाहरूको तुलनामा औसत १५.५ प्रतिशत बढी कमाउँ छन् भन्ने कुरा यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशित गरेको आधिकारिक तथ्याङ्कले पुष्टि गर्छ । तथापि, बोर्डरूमको तलब पुरुषहरूप्रति कम हुन्छ किनभने महिलाहरूले निर्देशकको भूमिका एकदमै कम गर्छन् । पुरुषहरूले मुख्य कार्यकारी तथा मुख्य वित्तीय अधिकारीजस्ता उच्च पद धारण गर्ने सम्भावना धेरै हुन्छ ।
अध्ययन लेखक तथा एनएससीजी निर्देशक क्लेयर कार्टरले भने, “धेरै महिलाहरूलाई बोर्डमा ल्याउन निकै प्रगति गरिएको भए पनि यस अनुसन्धानले अझ धेरै गर्नुपर्ने कुरा देखाउँ छ ।” उनले भने, ‘समानताको कुरा गर्ने प्रयास गर्दा मात्रै महिला निर्देशकको प्रतिशतमा मात्रै ध्यान दिनु पर्याप्त छैन ।’–रासस/एएफपी 
 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  २१:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार