एमाले अध्यक्ष ओलीले डाके स्थायी कमिटी बैठक 

१० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने ओलीको आश्वस्त 
सोमबार, भदौ ७, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक डाकेका छन् । बैठकमा विगतमा माधव नेपाल समूहमा लागेका नेताहरू पनि सहभागी हुने जनाइएको छ । अध्यक्ष ओलीको निवास, बालकोटमा असहमत पक्षका नेताहरु उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट र स्थायी कमिटी सदस्य  सुरेन्द्र पाण्डे, वागमति प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसँग को छलफलमा ओलीले कार्यदलको १० बुँदे प्रस्ताव कार्यान्वयन गरेर अघि बढ्ने सहमति जनाएका थिए ।  ओली र एकता पक्षधर नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको बताइएको छ । लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । अन्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए । सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ, जुन भोलि स्थायी कमिटीमा पेश हुनेछ । 
प्रवक्ता प्रदीप ज्ञवालीले भने भोलिको बैठकमा सबै नेताहरु सहभागी हुने र पार्टीमा एकतामा देखा परेको समस्या समाधान हुने बताए । उनका अनुसार भोलिको बैठकले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने छ ।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार