आठ महिने बालिकासहित एकै परिवारका तीन जनाले गरे आत्महत्या

सोमबार, भदौ ७, २०७८

झापा । कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले बाँधेर झुण्डिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।  मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौँसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए । आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।–रासस

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
आज साउनको दोस्रो सोमवार
सोमबार, भदौ ७, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, भदौ ७, २०७८