वामदेव गौतम : ओलीको एमाले वा माधव नेपालको नेकपा समाजवादी कता ?

गौतमको सचिवालयले भन्यो, ‘उहाँ अहिलेसम्म एमालेमै हुनुहन्छ’ 
आइतबार, भदौ ६, २०७८

काठमाडौं । नेकपा एमालेमा विभाजन आएपछि उपाध्यक्ष वामदेव गौतम कता लाग्छन भनेर चासो रहेको छ । नेकपाको अध्यक्ष तथा संसदीय दलमा  केपी ओलीलाई जिताउन वामदेव गौतमले निर्णक भूमिका खेलेका थिए । यसपटकको विभाजनमा पनि उनी कता लाग्छन् भनेर चासोका साथ हेरिएको छ । वामदेव समाजवादीमा लागेर सरकारमा पनि उनकै नेतृत्वमा सहभागी हुने चर्चा पनि नचलेको होइन् । गौतमको सम्लग्नतालाई लिएर सचिवालयले विज्ञप्ति नै प्रकाशित गरी कित्ता क्लियर गर्नुपर्ने अवस्था नै आइप¥यो ।  गौतमको सचिवालयले भनेको छ, ‘अहिलेसम्म एमालेमै रहनु भएको छ ।’ गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन । क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो । तसर्थ अन्य खाले प्रचार(प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’ दुई दिनअघिमात्र गौतमका एकता अभियानको भर्चुअल बैठकले माधव नेपाल नेतृत्वको पार्टीमा समाहित हुने निर्णय गरेको उनका अर्का स्वकीय सचिव शैलेन्द्र राउतले बताएका थिए ।
नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै बामदेवको फोटो राखेर शनिवारदेखि सो पार्टीका कार्यकर्ताले प्रचार गरिरहेका छन् । यो ब्यानर गौतमका प्रेस संयोजक समेत रहेका विश्वमणी सुवेदीले समेत सामाजिक सन्जालमा राखेका थिए । 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार