जात्रा र पर्वहरुमा भीडभाड नगर्न ललितपुर महानगरको आग्रह  

शनिबार, भदौ ५, २०७८

ललितपुर : ललितपुर महानगरपालिकाले धेरै जना एकै ठाउँमा जम्मा भएर जात्रा मनाउँदा कोभिड संक्रमण फैलनसक्ने भन्दै महानगरभित्र मनाइने जात्राहरु र अन्य चाडपर्वहरु प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा सरोकारवालाहरुको सहभागितामा बसेको बैठकले उक्त निर्णय गर्दै नागरिकलाई यस्तो आग्रह गरेको हो ।  नगरप्रमुख महर्जनले महानगरभित्र मनाइने सबै प्रकार जात्राहरु पुजारी र सिमित  संख्यामा सहभागी भएर मनाउने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘प्रतिकात्मक रुपमा नित्य पूजा गरी सम्पन्न गर्ने निर्णय गरिएको छ ।’

'नगरप्रमुख महर्जनले कोभिडबाट नागरिकलाई जोगाउन महानगरले यो निर्णय हो', नगरप्रमुख महर्जनले भने, ‘कोभिड सकिएपछि हामी धुमधामसँग मनाउने छौं । ’ श्रीकृष्णजन्माअष्टमी, जनैपूर्णिमा ,सिंह जात्रा, (मत्यां जात्रा), भिन्द्यो जात्रा, कुम्भेश्वर मेला लगायतका जात्रा पर्वहरु क्रमश: सुरु हुँदैछन् । नगरप्रमुख महर्जनले कोभिड नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउँदै घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य रुपमा गर्न अनुरोध गरे । 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  ११:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार