सुर्नया नदीले बगाउँदा बैतडीमा एकजना बेपत्ता

शुक्रबार, भदौ ४, २०७८

बैतडी ।  सुर्नया नदीमा बगेर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।  दिउँसो १ बजेतिर सुर्नया तर्ने क्रममा स्थानीय जयते खोला नजिकबाट साउद बेपत्ता भएका हुन् । बेपत्ता साउदको प्रहरी र स्थानीयले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ
 
श्रीलङ्का टापुमा सप्तकोसी नदीले कटान गरेको विषयमा अध्ययन गर्न समिति गठन
जिल्ला प्रशासन कार्यालय सुनसरीले केही दिन अगाडि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित श्रीलङ्का टापुमा गरेको कटानको विषयमा यथार्थ बुझ्नका लागि समिति गठन गरेको छ । सुनसरी मोरङ सिँचाइ आयोजना प्रमुखको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । समितिमा जलस्रोत डिभिजन कार्यालय इनरुवा, भूआर्जन कार्यालयका पदाधिकारी सदस्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । समितिले सम्बन्धित नगरपालिकासँगको समन्वयमा स्थलगत अध्ययन गरेर छिटोभन्दा छिटो प्रतिवेदन तयार गरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुझाउने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।  केही दिन अगाडि मात्र सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ को श्रीलङ्का टापुमा तीव्र कटान गरेको थियो । नगरपालिकाको समन्वयमा समितिले अध्ययन गरी क्षतिपूर्ति र नियन्त्रणका लागि प्रक्रिया अघि बढाउने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा यस क्षेत्रमा बाढीले बर्सेनि हजारौँ बिघा जमिन कटान गरेको स्थानीयवासीले बताएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  २१:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार