भीमफेदीको पान्द्राङमा पहिरोका कारण यातायात अवरुद्ध

बिहीबार, भदौ ३, २०७८

मकवानपुर । हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ ।  पहिराका कारण भीमफेदी हुँदै हेटौँडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन् । भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ । उक्त स्थानमा यसअघि पनि माथिबाट खसेको पहिराका कारण यातायात अवरुद्ध हुने गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  २०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार