प्रधानमन्त्री र शीर्ष नेताबीच बालुवाटारमा छलफल

बिहीबार, भदौ ३, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ । सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा (एमाले) विभाजन भएर नयाँ दल दर्ता भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार