अफगानिस्तानबाट २८८ को उद्धार 

बुधबार, भदौ २, २०७८

काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धारको गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी  काठमाडाँै ल्याइएको छ ।  उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  २२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार