एमाले समाजवादीमा माधव नेपालको नेतृत्व

झलनाथ खनाल वरिष्ठ नेता, ९५ सदस्यीय केन्द्रीय कमिटी
बुधबार, भदौ २, २०७८

काठमाडौं । विभाजन टार्न अन्तिम समयसम्म प्रयास हुँदा पनि एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल एमाले भित्र अट्न सकेनन् । दुवै नेताको पहलमा एमाले समाजवादी पार्टी बनेको छ । एमालेमा ओली निरंकुश हावी भएको आरोप लगाउँदै दुवै नेताले एमाले विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भइसकेको छ । नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल बरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए । साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् ।  दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए । ‘हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउँछौ । एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाडोभन्दा चाडो नेकपा एमाले (समाजवादी) मा आउन आग्रह गर्छौ’, पाण्डेले पत्रकारसँग भने ।

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार