सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेको विभाजन रोक्न वागमति प्रदेशमा मुख्यमन्त्री फेरिने भएको छ । नेतृ अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छन् । वागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य मुख्यमन्त्री बन्न लागेकी हुन् । नेतृ शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्ने एमाले स्रोतले जनाएको छ । एमाले उपाध्यक्षसमेत रहेकी शाक्य यसअघि माधवकुमार नेपाल समूहमा रहेकी थिइन् । दल विभाजन घोषणा हुनै लाग्दा शाक्यले क्याम्प परिवर्तन गरी मुख्यमन्त्री बन्न लागेकी हुन् ।