अन्तत फुट्यो एमाले, एमाले समाजवादीको नाममा दल दर्ता हुँदै

बुधबार, भदौ २, २०७८

काठमाडौं । एकताका लागि लामो प्रयास भएपछि अन्तत प्रमुख विपक्षी दल नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका छन् । एमाले विभाजनका लागि मंगलबार अध्यक्ष केपी ओलीले माधव कुमार नेपालसहित १४ जना सांसदलाई पदबाट हटाउने निर्णय कारक बन्यो । गठबन्धनलाई साथ दिँदै आएका माधव नेपाललाई सहज हुने गरी सरकारले मंगलबारमात्रै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो । सरकारको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् । नेकपा एमाले समाजवादीको संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार