सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका १४ जना सांसद आफूहरूमाथि एमालेले गरेको कारवाहीकै आधारमा सांसद पदबाट नहटाउन माग गर्दै संसद् सचिवालय पुगेका छन् । एमालेका १४ सांसदलाई अध्यक्ष केपी शर्मा ओलीले गरेको मंगलबार कारबाही गरेका थिए । कारवाही लगत्तै एमालेले ती सांसदलाई पदमुक्त गर्न पत्राचार गरेको थियो । ओलीको निर्णण् अवैधानिक दावी गर्दै ती १४ सांसदले आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका थिए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएका थिए । उनीहरुले दलको ह्वीप उल्लंघन गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ । तर १४ सांसदले आफूहरुमाथि गरिएको कारबाहीमाथि नै प्रश्न उठाएका छन् । २७ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा संसदीय दलले ह्वीप नै नलगाएको र ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएको आधारमा कारबाही गर्नु सर्वोच्च अदालतको फैसला विपरीत भएको एमाले माधवकुमार नेपाल पक्षधर सांसदहरुको दाबी छ ।