माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय

मंगलबार, भदौ १, २०७८

काठमाडौं ।  दल विभाजन गर्ने सम्बन्धी अध्यादेशको सहारामा पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । पार्टी विभाजन गर्ने तयारीमा रहेकाले माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । एमाले सचेतक शान्ता चौधरीले उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको जानकारी दिइन्।
यी हुन् कारवाहीमा पर्ने सांसदहरू
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण
१३. सरला यादव
१४. कलिला खातुन

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार