वरिष्ठ आयुर्वेद विशेषज्ञ डा.ऋषिराम कोइरालाको निधन

मंगलबार, भदौ १, २०७८

काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक सङ्घका पूर्वअध्यक्ष एवम् वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ ।  लामो समयदेखि मुटुको समस्या झेल्दै आएका वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ६२ वर्षीय डा. कोइरालाको हृदयाघातका कारण आज दिँउसो १ बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको स्व कोइरालाका आफन्त मधुविलास पौडेलले जानकारी दिए । उनलाई दुई हप्तापहिले हृदयाघात भएर उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो ।  विसं २०१५ भदौ २५ मा साबिक पुरानकोट गाविस–३ हाल बेँसीसहर नगरपालिका–४ मा जन्मेका कोइराला काठमाडौँको धापासीस्थित आयुर्वेद हेल्थ होम प्रालिका सञ्चालकसमेत हुन् ।     
नेपालको आयुर्वेदिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन महत्वपूर्ण भूमिका खेलेका कोइरालाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा प्रभु ऋषि आयुर्वेदसमेत सञ्चालनमा ल्याएका थिए ।  काठमाडौँको रानीवनमा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने तयारीमा रहेका स्व. कोइरालाले अमेरिका र युरोप पुगेर नेपालमा आयुर्वेद चिकित्सा क्षेत्रका सम्भावनाका बारेमा प्रवचन दिनुका साथै विरामीको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । उनी क्लासिकल हर्बल प्रोडक्ट प्रालिका अध्यक्ष हुन् ।  लमजुङको दुराडाँडास्थित सर्वोदय उच्च माध्यमिक विद्यालयमा कक्षा ६ सम्मको अध्ययन गरेका स्व. कोइरालापछि नवलपरासी बसाइँसराइ गरेका थिए । हाल काठमाडौँको धापासीमा बस्दै आएका स्व कोइरालाका श्रीमती, दुई छोरा र एक नाति छन् । उनका दुवै छोरा चिकित्सक हुन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले बताएको छ ।–रासस 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, भदौ १, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, भदौ १, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, भदौ १, २०७८