२० प्रतिशत थ्रेसहोल्ड राखेर दल विभाजनको अध्यादेश आइसक्यो : प्रदीप ज्ञवाली 

मंगलबार, भदौ १, २०७८

काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले २० प्रतिशत थ्रेसहोल्ड राखेर दल विभाजनको अध्यादेश आइसकेको दाबी गरेका गरेका छन् । स्थायी कमिटी बैठकपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारले राजनीतिक दल विभाजन सम्बन्धी खुलुको प्रावधान राखेर अध्यादेश ल्याइसकेको दाबी गरे । ज्ञवालीले केन्द्रीय समिति वा संसदीय समितिमा २० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था राखेर अध्यादेश आइसकेको बताए । यसअघिको ४० प्रतिशवाला प्रावधान घटाएर २० प्रतिशतमा झार्ने निर्णय देउवा नेतृत्वको मन्त्रिपरिषदले गरिसकेको ज्ञवालीको दाबी छ ।  बालुवाटारमा मन्त्रिपरिषद् बैठक भने जारी छ। 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १३:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार