धादिङको बैरेनीमा बस र ट्रक ठोक्किए 

एक जनाको मृत्युु, १२ जनाघाइते 
मंगलबार, भदौ १, २०७८

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा सोमबार बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौँतर्फ जाँदै गरेको बा३ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । कुलुङको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारका क्रममा  मृत्यु भएको हो । दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । नौ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र तीन जनाको धादिङको गल्छीस्थित बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार