ओली सरकारका पालमा प्रदेश प्रमुख भएका राजेश अहिराज पदमुक्त 

कांग्रेसका हरिशंकरलाई नियुक्त गर्न सिफारिस
सोमबार, साउन ३२, २०७८

काठमाडौं । प्रदेश २ सरकारसँग त्यति तालमेल नमिलेका प्रदेश प्रमुखलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको छ ।  अहिराजलाई ओली सरकारले प्रदेश प्रमुख नियुक्त गरेको थियो । राजेशले तिलक परियारलाई विस्थापित गरेका थिए । यसअघि सरकारले गण्डकी तथा लुम्बिनी प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख पठाइसकेको छ । अहिराजको कार्यशैलीप्रति प्रदेश सरकार रुष्ट थियो । मन्त्रिपरषद् समावेशी नभएको लगायतका विषयमा प्रदेश सरकारसँग अहिराजको कुरा मिलेको थिएन ।  

को हुन् नयाँ प्रदेश प्रमुख मिश्र 

मिश्र कांग्रेसका बिपी कोइरालाको समयका नेता रामनारायण मिश्रका छोरा हुन् । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीले रामनारायणलाई २०१६ सालमा उद्योगमन्त्री बनाएका थिए । ‘मिश्र बिपी कोइराला प्रधानमन्त्री हुँदा उद्योगमन्त्री बनाउनुभएका रामनारायण मिश्रका छोरा हुनुहन्छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पुराना र प्रजातन्त्रवादी नेता उहाँ पहिले कांग्रेसबाट सांसद पनि हुनुभएको थियो ।’
प्रदेश प्रमुख बनाइएका मिश्रले २०४८ सालमा कांग्रेसबाट चुनाव जितेका थिए । मिश्र कांग्रेसका पुराना र प्रजातन्त्रवादी नेताको रुपमा परिचित छन् । प्रदेश प्रमुख मिश्रका बाबु कांग्रेसका संस्थापनमध्येका एक हुन् । 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार