संसदको चालु अधिवेशन अन्त्य

सोमबार, साउन ३२, २०७८

काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाए । चालु अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य भएको छ । यही साउन ३ गते प्रारम्भ भएको अधिवेशनमा २९ दिन चल्यो ।  हालसम्म १० बैठकमा २० घण्टा १५ मिनेट संसदीय काम भयो । त्यसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी सुपरिवेक्षण गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक पदार्थ नियमन गर्ने अध्यादेश, २०७८ र कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ लगायत प्रस्तुत भए । प्रतिनिधिसभाको चालू अविधेशनमा कुनै पनि नयाँ विधेयक सदनमा दर्ता भएनन् । यही साउन ३ गते दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए । 
 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार