Chhath Banner
Chhath Banner

हरिपुर्वामा वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते

शनिबार, कात्तिक २८, २०८३

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा अज्ञात समूहले एक वृद्ध दम्पतीमाथि इँटा प्रहार गरी गम्भीर घाइते बनाएको छ । आक्रमणबाट ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह गम्भीर घाइते भएका छन्। आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराती अज्ञात समूहले इँटाले टाउको तथा अनुहारमा प्रहार गरी उनीहरूमाथि आक्रमण गरेको बताइएको छ । स्थानीयका अनुसार किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्र यादवले जानकारी दिए । गएराति भएको उक्त घटनामा संलग्न समूहको पहिचान हुन सकेको छैन । आक्रमणको कारणसमेत अहिलेसम्म खुल्न नसकेको हरिपुर्वा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रमेश यादवले जानकारी दिए । घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । वृद्ध दम्पतीमाथि आफ्नै घरमा भएको यस आक्रमणले स्थानीयवासी त्रसित बनेका छन्। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १३:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार