Tihar Banner
Tihar Banner

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्ह: पूजाको शुभकामना

मंगलबार, कात्तिक २४, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन् । उनले नेवार समुदायले मनाउने म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे चर्चा गर्दै यस परम्पराले आत्मशुद्धि, चेतनाको बोध, आपसी सद्भाव र जातीय एकतालाई प्रगाढ बनाउने बताएका छन् । त्यस्तै, गोवर्धन पूजाको अवसरमा गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराले कृषि संस्कृतिको महत्त्व दर्शाउने उल्लेख गरेका छन् । देउसीभैलोले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने भन्दै प्रधानमन्त्री शाहले यस्ता मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार