Tihar Banner
Tihar Banner

लुम्बिनीमाथि जित हात पारेसँगै काठमाडौं गोर्खाज अंक तालिको दोस्रो नम्बरमा

लुम्बिनी ३६ रनले पराजित
शनिबार, कात्तिक २१, २०८३

काठमाडौं । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा अलआउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए । उनले ४५ बलमा ३ चौका प्रहार गरे । अभिषेक गौतमले १६, निरोशन डिकवेलाले १४, रुबेन ट्रम्पलम्यानले ११ र शेर मल्लले १२ रन बनाए । लुम्बिनीको ब्याटिङ सुरुवात निकै खराब रह्यो । उसले २१ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । काठमाडौंका जाहान्दाद खानले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चिए । कप्तान करण केसीले २ तथा शाहाब आलम, सन्तोष यादव, राशिद खान र सहान अराचिगेले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । काठमाडौंका लागि डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए । उनले ५० बलमा ९ चौका र १ छक्का प्रहार गरे । साहिल पटेलले ३६ बलमा ३८ रन बनाए । सहान अराचिगेले १५ बलमा ३ चौका र १ छक्कासहित अविजित ३४ रन जोडे । लुम्बिनीका अभिषेक गौतमले २ तथा शेर मल्ल र रुबेन ट्रम्पलम्यानले समान २ विकेट लिए । यससँगै लुम्बिनीको जारी खेलमा अपराजित यात्रामा पनि ब्रेक लागेको छ ।

David-1794061213.jpg
लुम्बिनीको अपराजित यात्रा तोडियो 
काठमाडौ गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सको एनपीएलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।  एनपीएलमा लुम्बिनी १२ औँ खेलमा आएर पराजित भएको हो। लुम्बिनी अघिल्लो सिजन ७ खेलमा अपराजित रहेको थियो ।  काठमाडौसँगको हारले लुम्बिनीको २ खेल अगावै प्लेअफ पुग्ने बाटो लम्बिएको हो ।  काठमाडौले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३ बल अगार्व १ सय २४ रनमा अलआउट भयो।  ४.३ ओभरमा नै ६ विकेट गुमाएर लुम्बिनी संकटपुर्ण अवस्थामा पुगेको थियो । पावर प्लेमा ३४–६ को अवस्थामा रहेको लुम्बिनी त्यसपछि खेलमा फर्कन सकेन । काठमाडौका बलरसामु लुम्बिनीका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् ।  लुम्बिनी जारी एनपिएलको एक मात्र अपराजित टोली हो । ४ मध्ये ३ खेल जितेको लुम्बिनी र चितवन राइनोजबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो ।  पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ टोलीले हराएको लुम्बिनीले तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेट र  चौथो खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले हराएको थियो।  गत संस्करण सुरुवातका ३ खेल हारेको लुम्बिनी त्यसपछि लगातार ७ खेल जित्दै पहिलो पटक च्याम्पियन बनेको थियो । एनपिएलका पछिल्लो ११ खेलमा अपराजित लुम्बिनी त्यसमा १० जित र एक खेल रद्द भएको थियो ।  अर्कोतर्फ काठमाडौंले हारबाट यसपटकको एनपिएलको सुरुवात गरेको थियो । पहिलो खेलमा जनकपुरसँग ८ विकेटले गुमाएको काठमाडौंले त्यसपछि कर्णाली याक्सलाई ४ विकेट र विराटनगर किंग्सलाई ९ विकेटले हराएको थियो ।  गत सिजनको एलिमिनेटरपछि लुम्बिनी र काठमाडौं पहिलो पटक आज भिडेका हुन् । 
काठमाडौं विजयी भएपछि अंकतालिकाको दोस्रो स्थानमा उक्लिनेछ । आजको खेल चितवनको पाँचौं र काठमाडौंको चौथो खेल हो । 

लुम्बिनीविरुद्ध काठमाडौंको अग्रता
लुम्बिनी र काठमाडौंबीच यसअघि ३ भेट भएको थियो । जसमा काठमाडौं २ र लुम्बिनी १ पटक जितेका थिए ।  एनपिएलका पहिलो दुई संस्करणमा लिग चरणमा काठमाडौंले लुम्बिनीलाई पराजित गरेको थियो ।  पहिलो संस्करणमा काठमाडौंले लुम्बिनीलाई १८ रनले हराएको थियो । काठमाडौंले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी ८५ रनमै समेटिएको थियो । दोस्रो संस्करणको लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो। काठमाडौंले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १ सय ३५ रनमा अलआउट भएको थियो । तर, सोही संस्करणको एलिमिनेटरमा भने लुम्बिनीले काठमाडौंसँग बदला लिएको थियो। काठमाडौंले दिएको १ सय १२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै ४ विकेटको जित निकालेको थियो ।

ktm-lumbini-1794060120.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार