भैरहवा तथा बारामा बाढीको चेतावनी 

शुक्रबार, साउन २९, २०७८

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भैरहवा र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको ले बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ ।  अहिले भर्खर ट्वीट गर्दै विभागले ६ घण्टादेखि लगातार पानी गरेको तथा थप वर्षा हुने पूर्वानुमान रहेकाले सो क्षेत्र भई बहने स  साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनुहुनेले उच्च सतर्कता अपनानउन आग्रह गरेको हो ।  यस्तै बाराको परवाअनीपुर, कलैया र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएकोले बाढीको खतरा रहेको विभागले जनाएको छ ।  विभागले भनेको छ, थप वर्षा हुने पूर्वानुमान छ । त्यसैले यी क्षेत्र भइ बहने स साना नदीहरूमा आकस्मिक बाढी आउन सक्छ । तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहनुहुनेहरूले दिउँसो सम्मै सतर्कता अपनाऔँ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार