चीनमा मातृमृत्यु दर उल्लेखनीय रुपमा घट्यो

शुक्रबार, साउन २९, २०७८

बेइजिङ । चीनमा मातृमृत्यु दर उल्लेखनीयरुपमा घटेको पाइएको छ । चीन सरकारले सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको छ । सरकारी तथ्याङ्कका अनुसार यहाँ सन् २००२ मा प्रतिएक लाख जीवित जन्ममा ४३.२ प्रतिशत मातृमृत्यु दर रहेकोमा सन् २०२० मा आएर १६.९ प्रतिशत मात्र देखिएको छ । मातृ मृत्यु प्रतिएक लाखमा मापन गरिन्छ । यहाँ सन् २००२ मा एक लाख आमाले बच्चा जन्माउँदा ४३.२ जना आमाको ज्यान जाने गरेको थियो । सो संख्यामा कमी आएर अहिले अर्थात् सन् २०२० मा बच्चा जन्माउने क्रममा अर्थात् प्रसुतिजन्य जटिलताका कारण हाल प्रतिएक लाख आमामा १६.९ जनाको मात्र ज्यान जाने गरेको छ ।    यस तथ्याङ्कलाई चीन सरकारले यहाँका आमाको स्वास्थ्यमा आएको एक उल्लेखनीय प्रगति भनी टिप्पणी गरेको छ । चीनको यो तथ्याङ्क सार्वजनिक भए लगत्तै विश्व स्वास्थ्य सङ्गठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने एक उदाहरणीय राष्ट्रका रुपमा चित्रण पनि गरेको छ । यसअघि पनि विश्व स्वास्थ्य संगठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार गरिरहेको राष्ट्रका रुपमा परिचित रहेको भनेको थियो ।– सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार