कोरोना महामारीका कारण बन्द बङ्गलादेशका पर्यटकीय गन्तव्य खुल्दै

अगस्त १९ देखि पर्यटकीय गन्तव्य पुनः खोल्ने मन्त्रिपरिषद् बैठकको निर्णय
शुक्रबार, साउन २९, २०७८

ढाका । बङ्गलादेश सरकारले अगस्त १९ देखि पर्यटकीय गन्तव्य पुनः खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटकीय स्थल, रिसोर्टका साथै मनोरञ्जन केन्द्रलाई आधा क्षमतामा सञ्चालन गर्न दिने निर्णय लिएको हो ।  पुनः सञ्चालनमा आउने सबै संस्था तथा स्थलहरूमा स्वास्थ्य निर्देशिकाको कडाइका साथ पालना गर्नुपर्ने बताइएको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई आग्रह गरिएको छ । सरकारले मास्क लगाउने, स्वास्थ्य सतर्कता अपनाउने र सामाजिक दूरी कायम गर्नेजस्ता नियमलाई कडाइका साथ पालना भए नभएको अनुगमन गर्नेछ । परिपत्र अनुसार, कोभिड–१९ सुरक्षा नियमको उल्लङ्घन गरेमा सरुवा तथा सङ्क्रामक रोग नियन्त्रण कानुनअनुसार जरिवानादेखि जेल सजायसम्म हुने बताइएको छ ।
बङ्गलादेशले लकडाउनसम्बन्धी धेरै जसो प्रतिबन्ध हटाएको एक दिनपछि यो घोषणा भएको हो । बङ्गलादेशमा सार्वजनिक यातायात, कार्यालय र व्यापारिक बजार पुनः खोल्न अनुमति दिइएको छ ।  जुनदेखि कोभिड–१९ सङ्क्रमणका घटनामा भएको वृद्धिका कारण सरकारले जुलाई १ देखि जुलाई १४ सम्म कडा लकडाउनको घोषणा गरेको थियो । तर सङ्क्रमण दरमा कमी नदेखिएपछि यसलाई विभिन्न चरणमा गरेर अगस्त १० सम्मका लागि लागू गरिएको थियो । बङ्गलादेश सरकारले बुधबार चीनबाट सिनोफर्म कोभिड–१९ विरूद्धको खोपको ताजा परिणाम समूह खरिद गर्न अनुमति दिएको छ भने देशव्यापी बृहत् खोप अभियान सुरु गरिएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार