गण्डकीका अधिकांश स्थानमा वर्षा

शनिबार, कात्तिक १४, २०८३

काठमाडौं । देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ९ः१३ बजेसम्म गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यस्तै, बागमती र कर्णाली प्रदेशका केही स्थान, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा तनहुँ जिल्लाको साखरमा मापन भएको छ। साखरमा ३६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार