लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

बुधबार, साउन २७, २०७८

बुटवल । लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज आह्वान गरेका छन् ।  मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि यही साउन २८ गते ३ बजेभित्र दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार