सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरसविरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति दिएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो । बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको थियो । यो खोप अब चिनियाँले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन् । त्यस्तै सरकारी मातहतमा रहेको उक्त औषधी कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिकरुपमा ओसारपसार गर्ने तथा बिक्री वितरण पनि गर्न पाइने भएको पनि छ । चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो । उक्त कम्पनीद्वारा उत्पादित सो खोपको तीन चरणसम्म परीक्षण गरिएको थियो । परीक्षणपछि पछिल्लो पटक आएको यसको प्रभावकारिताको परिणाममा यस खोपको ७९.३४ प्रतिशतसम्म काम गर्ने भनेर यसको प्रभावकारिता देखिएको पाइएको थियो । त्यसपछि यो खोपको प्रयोगका लागि अनुमति दिइएको हो । बिहीबारबाट सो खोप चीनमा सार्वजनिकरुपमा प्रयोगमा ल्याइने बताइएको छ । उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप प्रभाकारी देखिएको जनाएपछि त्यसको भोलिपल्ट नै अर्थात् बिहीबार मात्र चिनियाँ निकायले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन् । चीनमा अरु पनि केही खोप परीक्षणमा रहेका बताइएको छ । अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपलाई आपतकालीनरूपमा प्रयोगमा ल्याउने भन्दै यसको तयारी गरिराखिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरसको महामारी सुरु भएको थियो । क्रमिकरूपमा विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न कुनै औषधी र खोप पनि बनेका थिएनन् । जसका कारण विश्वका कैयौँं देशले पनि कडा खालका प्रतिबन्ध लागू गर्दै सङ्क्रमणको दर घटाउने प्रयास मात्र गरेका थिए । सोही माध्यमबाट सङ्क्रमणको दरलाई निकै कम राख्न चीन भने सफल भएको छ । चीनमै विकास गरिएको खोपको बिहीवारसार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो । चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यसरी वितरण गरेका ती खोपमा चीनले त्यहाँ हालसम्म करिब ४५ लाखभन्दा बढी मात्रा खोप वितरण गरिसकेको जनाएको छ । यी सार्वजनिकरुपका वितरणसमेत गरेर चीनले फेब्रुअरी महिनामा पर्ने चिनियाँ नयाँ वर्षकोे मध्यसम्ममा यहाँका करोडौँ सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाउने अपेक्षा गरिएको यहाँका स्वास्थ्यका अधिकारीले जानकारी दिएका छन् ।– सिन्ह्वा