बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

बिहीबार, असोज २२, २०८३

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।  नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् । बाढीका कारण सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । अर्को सूचना नभएसम्मका लागि यी सडकहरू बन्द रहको छ । त्रिभुवन राजपथअन्तर्गत धुनिबेशी नगरपालिका–०९ खत्रीपौवामा पहिरो खसेकाले हाल सडक एकतर्फी सञ्चालनमा आएको छ ।  बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका–०२ बैसरीमा असोज १० गते बिहान ०५ः५० बजे पहिरो गएकाले उक्त सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ ।   कालीगण्डकी कोरिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–०३ जन्ती पहिरोमा पहिरोका कारण सडक एकतर्फी खुलेको छ । ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन । बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक खण्डमा बाढी आएका कारण हाल सडक एकतर्फी मात्र सञ्चालनमा छ ।   पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ चोरखोला र बनकसबास क्षेत्रमा पहिरो खसेपछि सवारी साधनहरू एकतर्फी रूपमा सञ्चालन भइरहेका छन् ।  

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  १०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार