भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सोमबार, साउन २५, २०७८

काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो । भूमिआयोग खारेजविरुद्ध अरु तीनवटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार