हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन सुरु

मंगलबार, असोज १३, २०८३

सुर्खेत । हुम्लामा असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण अवरुद्ध सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउन मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। हिमपात रोकिएपछि सडक खुलाउने प्रयास थालिएको हो ।  हिमपातका कारण सिमकोट–हिल्सा सडकका विभिन्न स्थानमा बाक्लो हिउँ जमेको छ। हिउँका कारण सडकमा यातायात सञ्चालन हुन नसकेपछि सुरक्षाकर्मी परिचालन गरी बाटो खुलाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काका अनुसार हिमपात रोकिएपछि सडकमा जमेको हिउँ हटाउन सुरक्षाकर्मी परिचालन गरिएको हो ।  सिमकोट–हिल्सा सडक हुम्लाको उत्तरी क्षेत्रलाई जिल्ला सदरमुकाम सिमकोटसँग जोड्ने प्रमुख सडक हो। सडक अवरुद्ध हुँदा उत्तरी हुम्लाका स्थानीयवासी तथा यात्रुको आवतजावत प्रभावित भएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १९:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार