सोसल मिडिया
Contact Us
युनिकोड
बागलुङ । बागलुङको ताराखोलामा गएराति पहिरोले घर पुरिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ धम्मरस्थित घरमाथिबाट खसेको पहिरोमा पुरिएर ६९ वर्षीय मनबहादुर रोकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाईँका अनुसार राति घरको पिँढीमा सुतिरहेका बेला माथिबाट अचानक खसेको पहिरोले पुरिएर रोकाको मृत्यु भएको हो । उक्त घरमा मनबहादुर र उनका वृद्ध बुबा सल्ले रोका बस्दै आएका थिए। घटनाका बेला बुबा छोरीको घरमा गएकाले सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकका श्रीमती र छोराछोरी भने अर्कै घरमा बस्दै आएका थिए। पहिरो गएको खबर पाएलगत्तै पुगेको प्रहरी र स्थानीयको टोलीले शव बाहिर निकालेको थियो ।