हनुमन्ते खोलामा जल सतह सतर्कता तह पार

शनिबार, असोज १०, २०८३

काठमाडौं । भक्तपुरको हनुमन्ते खोलामा जल सतह सतर्कता तह पार गरेको छ । लगातारको वर्षाका कारण हनुमन्ते खोलामा पानीको बहाव बढेसँगै जल सतह सतर्कता तह पार गरेको हो। खोलाको किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षा अझै जारी रहेकाले हनुमन्ते खोलाको जल सतह थप बढ्न सक्ने सम्भावना रहेको भन्दै खोला किनारमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार