सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ । लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली क्षेत्रमा जल सतह सतर्कता तह पार गरेको हो । नदी किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षा अझै जारी रहेकाले बागमती नदीको जल सतह थप बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।