सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भर्खरै गएको बाढीका कारण नेपालले ठूलो जनधनको क्षति बेहोरेको बताएका छन् । राष्ट्र संघको ८१औं महासभामा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘तर यी सबै समस्या नेपालका कारण नभएर विश्वव्यापी जलवायु परिवर्तका कारण सिर्जना भएको छ ।’ त्यसका लागि कुनै पनि देशलाई दोष नलगाउने र त्यस मुद्दालाई भूराजनीतिको विषय बनाउने उद्देश्य नेपालको नरहेको पनि उनले स्पष्ट गरे । बरु सबैसँग हिमाल र पर्यावरण संरक्षणका लागि सहकार्य गर्न आग्रह गरे । उनले विपद्पछि नेपालमा सिर्जना भएको चुनौतीपूर्ण अवस्था सहयोग गर्न पनि विश्व समुदायलाई आग्रह गरे ।