सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । केही समयअघि संयुक्त राष्ट्रसंघको महासभा ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाहले विकास र लोकतन्त्र, शान्ति र युवाका बारेमा कुरा उठाएका छन् । ‘म यहाँ विकास, लोकतन्त्र, शान्ति र युवा देशको आशाका बारेमा कुरा गर्न उपस्थित छु’, सम्बोधनका क्रममा उनले भने । न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत उनले सम्बोधन गरेका हुन् । त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए ।