राष्ट्रिय झण्डासहितको स्तम्भ बेगनासको आकर्षण

सोमबार, साउन २५, २०७८

गण्डकी । पर्यटकीय नगर पोखरास्थित बेगनासतालको बाँध छेउमा निर्मित राष्ट्रिय झण्डासहितको स्तम्भमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । रोटरी क्लब अफ लेखनाथको करिब ६ लाखको लागतमा निर्मित बेगनाशतालको दृष्यावलोकन गर्ने तथा राष्ट्रिय झण्डासहितको स्तम्भमा पछिल्लो सयमा तस्वीर खिचाउने आन्तरिक पर्यटकको आकर्षण बढेको हो । स्तम्भमा बेगनासतालको क्षेत्रफल, गहिराइलगायत अधिकांश विषयको तथ्याङ्क राखिएको छ । बेगनासताल आउने जो कोही पर्यटकले स्तम्भमा फोटो खिचाउनुका साथै त्यहाँ उल्लेखित विषयलाई अभिरुचिका साथ हेर्दै तालबारे जानकारी लिने गरेको रोटरी क्लब अफ लेखनाथका अध्यक्ष मिलन तिवारीले बताए ।
क्लबले स्थानीय तहसँग समन्वय एवं सहकार्यका आधारमा तालको सौदर्यकरणसहित पर्यटकको आकर्षक बढाउन पहल गर्ने बताउँदै उनले यस क्षेत्रको विकासका लागि मनोरमपार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।  पर्यटकीय डुङगाघाट नजिकै रहेको कारण पनि स्तम्भ सबैको रोजाइँमा पर्ने गरेको छ । बेगनासतालमा पर्यटकलाई लच्छित गरी १४५ जना व्यवसायीले २४९ वटा डुङगा सञ्चालन गरेको डुङगा व्यवसायी समिति बेगनासका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  ०५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, साउन २५, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, साउन २५, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, साउन २५, २०७८