सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय तरुण विभाग विदेश समन्वय समितिको भर्चुअल मिटिङ सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य एवं विदेश समन्वय संयोजक पासाङ नर्वु लामाले गरेका थिए । कार्यक्रम सञ्चालन केन्द्रीय सदस्य विदेश समन्वय सह–संयोजक शंकरप्रसाद न्यौपानेले गरेका थिए / विभिन्न देशका शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रम (भर्चुअल मिटिङ) सम्पन्न भएको र एक कुशल मित्रताको रुपमा नेपाली जनताहरुको हरेक समस्या र चुनौतीलाई समाधान गर्नुपर्ने अभिप्राय ले विभिन्न देशमा रहेका साथीहरूलाई एक आपसमा परिचयात्मक कार्यक्रम राख्दै विदेश समन्वय समितिको भावी कार्य योजना र भूमिकाको विषयमा गहन छलफल भएको तरुण विभागले जनाएको छ । त्यसै गरि नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनमा विदेश समन्वय समितिबाट उपस्थिति कस्तो रहने ? भावी कस्तो रणनीति तथा कार्ययोजना लाई मुलभुत रुपमा अग्रसर गराउने ? र हरेक देशमा भैइरहेको अधिवेशनमा समन्वय समितिका साथीहरुले के कस्तो भुमिका रहने ? जस्ता महत्त्वपूर्ण विषयमा गम्भीरतापुर्वक छलफल भएको तरुण विभाग केन्द्रीय सदस्य एवं विदेश समन्वय सह–संयोजक शंकर प्रसाद न्यौपानेले जानकारी दिएका छन् ।